हेल्थ असिस्टेन्ट; अ.हे.व; अ.न.मी; उद्यम विकास सहजकर्ता ; फिल्ड सहायक; मनोसामाजिक परामर्शकर्ता ;द्वन्द्वपीडित स्वयंसेवक
Newspaper-Government
Applications are completed on the original website.
Apply on official siteJob overview
छत्रदेव गाउँपालिकागाउँ कार्यपालिकाको कार्यालयछत्रगञ्ज, अर्घाखाँचीप्रथम पटक प्रकाशित मिति: २०८३/०६/०२यस कार्यालयको निर्णयानुसार तपसिलबमोजिमका पदमा सेवा करारमा जनशक्ति लिनुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र रीतपूर्वक दरखास्त पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।१. पद तथा आवश्यक न्यूनतम शैक्षिक योग्यताविज्ञापन नं. १/२०८३/०८४पद: हेल्थ असिस्टेन्ट (पाँचौँ तह)माग संख्या: १ (एक)आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट हेल्थ असिस्टेन्ट कोर्स उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको।विज्ञापन नं. २/२०८३/०८४पद: अ.हे.व. (चौथो तह)माग संख्या: १ (एक)आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट CMA कोर्स उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको।विज्ञापन नं. ३/२०८३/०८४पद: अ.न.मी.माग संख्या: २ (दुई)आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट ANM कोर्स उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको।विज्ञापन नं. ४/२०८३/०८४पद: उद्यम विकास सहजकर्ता (चौथो तह)माग संख्या: १ (एक)आवश्यक न्यूनतम शैक्षिक योग्यता: CTEVT बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्स उत्तीर्ण गरेको वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट मान्यता प्राप्त तह २ वा ३ उत्तीर्ण गरेको वा CTEVT बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी प्राविधिक प्रवेशिका परीक्षा (TSLC) उत्तीर्ण गरेको।विज्ञापन नं. ५/२०८३/०८४पद: फिल्ड सहायक (चौथो तह)माग संख्या: १ (एक)आवश्यक न्यूनतम शैक्षिक योग्यता: SLC/SEE वा सो सरह उत्तीर्ण गरेको।विज्ञापन नं. ६/२०८३/०८४पद: मनोसामाजिक परामर्शकर्ता (पाँचौँ तह)माग संख्या: १ (एक)आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स/हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको वा साइकोलोजी/सोसल वर्क विषयमा स्नातक उत्तीर्ण गरेको।विज्ञापन नं. ७/२०८३/०८४पद: द्वन्द्वपीडित स्वयंसेवकमाग संख्या: १ (एक)आवश्यक न्यूनतम शैक्षिक योग्यता: SLC/SEE वा सो सरह उत्तीर्ण गरेको।२. निवेदन दिने अन्तिम मिति: २०८३/०६/१६ गते कार्यालय समयभित्र।३. उमेर: उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।४. परीक्षाको किसिम: सम्बन्धित मापदण्डबमोजिम छोटो सूची प्रकाशन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता हुनेछ।५. दरखास्त दिने स्थान: छत्रदेव गाउँ कार्यपालिकाको कार्यालय, छत्रगञ्ज, अर्घाखाँची।६. निवेदन दस्तुर: निवेदन दस्तुर रु. ५००।– बुझाएको सक्कल भौचर आवेदन फारामसाथ पेस गर्नुपर्नेछ।७. सेवा सुविधा: गाउँ कार्यपालिकाको कार्यालयको निर्णयानुसार हुनेछ।८. सम्पर्क मिति: २०८३/०६/१९ गते। सम्पर्क मितिमा छनोट परीक्षासम्बन्धी जानकारी गराइनेछ।९. आवेदनसाथ पेस गर्नुपर्ने कागजातहरूआवेदनसाथ देहायका कागजातहरू पेस गर्नुपर्नेछ:आवेदन फाराम।वैयक्तिक विवरण (Curriculum Vitae)।नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि।सम्बन्धित परिषद्मा दर्ता प्रमाणपत्रको प्रतिलिपि।तालिम प्रमाणपत्रको प्रतिलिपि।कार्यानुभवका प्रमाणित कागजातहरू।पासपोर्ट साइजको फोटो ३ प्रति।नोट: पेस गरिने सबै कागजातका प्रतिलिपिको पछाडि उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गरेको हुनुपर्नेछ।१०. अन्य जानकारी:स्थानीय बासिन्दा तथा अनुभव प्राप्त उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।अन्य जानकारीका लागि कार्यालयको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.