merojobActive at last check

पशु चिकित्सक; कृषि स्नातक; जनस्वास्थ्य अधिकृत

Newspaper-Government

Applications are completed on the original website.

Apply on official site
Location
धनगढी, सिराहा, मधेश प्रदेश, नेपाल
Category
Others
Apply by
10/5/2026
Listed
9/21/2026

Job overview

धनगढीमाई नगरपालिकानगर कार्यपालिकाको कार्यालयधनगढी, सिराहा, मधेश प्रदेश, नेपालसूचना प्रकाशित मिति: २०८३।०६।०५ गतेयस धनगढीमाई नगरपालिकामा आ.व. २०८३/०८४ का लागि संघीय अनुदानबाट तपसिलमा उल्लेखित पदहरूमा देहायबमोजिमका कर्मचारीहरू सेवा करारमा नियुक्त गर्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ। इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र दरखास्त दिनुपर्नेछ। दरखास्त साथ रु. १,०००।– (एक हजार रुपैयाँ मात्र) दस्तुर बुझाएको रसिद संलग्न गर्नुपर्नेछ।विज्ञापन नं. २०८३/०८४/०१पद: पशु चिकित्सकन्यूनतम शैक्षिक योग्यता:मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट पशु चिकित्सा विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र नेपाल पशु चिकित्सा परिषद्मा दर्ता भएको हुनुपर्नेछ।विज्ञापन नं. २०८३/०८४/०२पद: कृषि स्नातकन्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट कृषि विज्ञानमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।विज्ञापन नं. २०८३/०८४/०३पद: जनस्वास्थ्य अधिकृत (सातौँ तह)न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू:उम्मेदवारले दरखास्त साथ देहायका कागजातहरूको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछःशैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि।समकक्षता आवश्यक पर्ने भएमा समकक्षता प्रमाणपत्रको प्रतिलिपि।नेपाल पशु चिकित्सा परिषद्मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि (पशु चिकित्सक पदका लागि मात्र)।नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।दरखास्त दस्तुर रु. १,०००।– बुझाएको रसिद।पेश गरिने सबै कागजातका प्रतिलिपिहरूको पछाडिपट्टि उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गरेको हुनुपर्नेछ।

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.