माध्यमिक गणित शिक्षक
Newspaper-Education
Applications are completed on the original website.
Apply on official siteJob overview
गेरुवा गाउँपालिकागाउँ कार्यपालिकाको कार्यालयपशुपतिनगर, बर्दिया, लुम्बिनी प्रदेश, नेपालसूचना प्रकाशन मिति: २०८३/०६/०६यस गेरुवा गाउँपालिकाको स्थानीय दरबन्दीअन्तर्गत सामुदायिक विद्यालयमा तपसिलबमोजिमको शिक्षक करार सेवाबाट पदपूर्ति गर्नुपर्ने भएकाले देहायको विवरणअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा रीतपूर्वक दरखास्त फाराम भरी, राजस्व तिरेको सक्कलै रसिदसहित यस गाउँपालिकाको कार्यालयमा पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ।दरखास्त फाराम, दरखास्त दस्तुर, कार्यविवरण, पारिश्रमिक तथा सेवाका शर्तहरूसहितको विस्तृत विवरण गाउँपालिकाको कार्यालयबाट वा गाउँपालिकाको वेबसाइट www.geruwamun.gov.np बाट प्राप्त गर्न सकिनेछ।पद सम्बन्धी विवरणविज्ञापन नं: १/०८३/०८४तह: माध्यमिक (९–१०) विषय: गणितपद संख्या: १ जनापरीक्षा दस्तुर: रु. १,०००/–शैक्षिक योग्यता:शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधन सहित) को नियम ९ ले निर्धारण गरेबमोजिम तथा शिक्षक सेवा आयोगको माध्यमिक तहका लागि मिति २०८२/१०/०३ गते प्रकाशित विज्ञापनमा उल्लेख भएअनुसारको योग्यता हुनुपर्नेछ।मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, गणित विषयमा कम्तीमा ३०० पूर्णाङ्क वा १२ क्रेडिट आवर पूरा गरेको हुनुपर्नेछ।पेश गर्नुपर्ने कागजातहरू:दरखास्तसाथ निम्न कागजातहरू पेश गर्नुपर्नेछ:नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि।शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि।स्थायी अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि।हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो।उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।परीक्षा सम्बन्धी व्यवस्था:पाठ्यक्रम: शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन हुनेछ।परीक्षाको किसिम: लिखित परीक्षा र अन्तर्वार्ता।परीक्षा मिति: पछि प्रकाशन गरिनेछ।दरखास्त दिने अन्तिम मिति: २०८३/०६/१९ गते। उक्त दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसम्म दरखास्त बुझाउन सकिनेछ।दरखास्त फाराम पेश गर्ने स्थान: गेरुवा गाउँपालिकाको कार्यालय पशुपतिनगर, बर्दिया, लुम्बिनी प्रदेश, नेपाल।पारिश्रमिक तथा सेवा सुविधा: पारिश्रमिक तथा सेवा सुविधा गाउँपालिकाले तोकेबमोजिम हुनेछ। यस सूचनामा उल्लेख नभएको अन्य व्यवस्था प्रचलित कानूनबमोजिम हुनेछ। रीतपूर्वक पेश नभएका तथा म्याद नाघी दर्ता हुन आएका दरखास्तउपर कुनै कारबाही गरिने छैन।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.