मेडिकल अधिकृत; फार्मेसी सुपरभाइजर; सहायक कम्प्युटर अपरेटर; स्टाफ नर्स; हेल्थ असिस्टेन्ट; कार्यालय सहयोगी; सरसफाइकर्मी
Newspaper-Hospital
Applications are completed on the original website.
Apply on official siteJob overview
पटेर्वा सुगौली गाउँपालिकाआधारभूत अस्पतालपटेर्वा सुगौली–४, पर्सा, मधेस प्रदेश, नेपाल(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/२४ गते)यस आधारभूत अस्पताल, पटेर्वा सुगौलीमा रिक्त रहेका तपसिलबमोजिमका पदहरूमा करार सेवामार्फत पदपूर्ति गरी कर्मचारी नियुक्ति गर्नुपर्ने भएकाले देहायबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले १५ (पन्ध्र) दिनभित्र उल्लिखित कागजात तथा राजस्व बुझाएको रसिद संलग्न गरी यस कार्यालयमा दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।माग गरिएका पदहरू तथा न्यूनतम योग्यता:१. विज्ञापन नं. १/२०८३/०८४ — मेडिकल अधिकृततह: आठौँ तहमाग संख्या: १ (एक)न्यूनतम योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट MBBS उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।२. विज्ञापन नं. २/२०८३/०८४ — फार्मेसी सुपरभाइजरतह: पाँचौँ तहमाग संख्या: १ (एक)न्यूनतम योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।३. विज्ञापन नं. ३/२०८३/०८४ — सहायक कम्प्युटर अपरेटरतह: चौथो तहमाग संख्या: १ (एक)न्यूनतम योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट SLC/SEE उत्तीर्ण गरी सम्बन्धित मान्यताप्राप्त संस्थाबाट कम्तीमा ३ (तीन) महिनाको कम्प्युटरसम्बन्धी आधारभूत तालिम प्राप्त गरेको हुनुपर्नेछ।४. विज्ञापन नं. ४/२०८३/०८४ — स्टाफ नर्सतह: पाँचौँ तहमाग संख्या: २ (दुई)न्यूनतम योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।५. विज्ञापन नं. ५/२०८३/०८४ — हेल्थ असिस्टेन्टतह: पाँचौँ तहमाग संख्या: १ (एक)न्यूनतम योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।६. विज्ञापन नं. ६/२०८३/०८४ — कार्यालय सहयोगीतह: तहविहीनमाग संख्या: १ (एक)न्यूनतम योग्यता: साधारण लेखपढ गर्न सक्ने।७. विज्ञापन नं. ७/२०८३/०८४ — सरसफाइकर्मीतह: तहविहीनमाग संख्या: ३ (तीन)न्यूनतम योग्यता: साधारण लेखपढ गर्न सक्ने।उमेर हद दरखास्त दिने अन्तिम मितिसम्म:MBBS उत्तीर्ण मेडिकल अधिकृतको हकमा २५ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।अन्य सबै पदका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।दरखास्त बुझाउने स्थान: आधारभूत अस्पताल, पटेर्वा सुगौली–४, पर्सा।दरखास्त दस्तुर बुझाउने स्थान: दरखास्त दस्तुर पटेर्वा सुगौली गाउँपालिकास्थित सानिमा बैंक लिमिटेड, पटेर्वा सुगौली शाखा, पर्सामा रहेको आन्तरिक राजस्व खाता नं. ०६४०१००४००००००८ मा रकम जम्मा गरी सोको बैंक भौचर वा अस्पतालको प्रशासन शाखामा रकम बुझाएको भौचर दरखास्तसाथ पेश गर्नुपर्नेछ।दरखास्त बुझाउने अन्तिम मिति: २०८३/०६/०८ गतेसम्म।आवेदन दस्तुर:मेडिकल अधिकृत (MBBS): रु. १,५००/- (एक हजार पाँच सय रुपैयाँ मात्र)अन्य पदहरू: रु. ८००/- (आठ सय रुपैयाँ मात्र)कार्यालय सहयोगी तथा सरसफाइकर्मी: रु. ४००/- (चार सय रुपैयाँ मात्र)सेवा, सर्त तथा सुविधा: सेवा, सर्त तथा सुविधाहरू आधारभूत अस्पतालले निर्धारण गरेबमोजिम हुनेछ।करार अवधि: करार अवधि २०८४ साल असार मसान्तसम्म हुनेछ। कार्यसम्पादन सन्तोषजनक भएमा करार अवधि थप हुन सक्नेछ।छनोट प्रक्रिया: उम्मेदवारहरूको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गरी अन्तर्वार्ता मात्र सञ्चालन गरिनेछ।आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरू:दरखास्तसाथ देहायका कागजातहरू संलग्न गर्नुपर्नेछ:हालसालै खिचिएको उम्मेदवारको ३ (तीन) प्रति पासपोर्ट साइजको फोटो।नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।आवश्यक सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि।कार्य अनुभव भएमा सोको प्रमाणित प्रतिलिपि।सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि (आवश्यक पर्ने पदका लागि)।दरखास्त दस्तुर बुझाएको बैंक भौचर वा अस्पतालको रसिद।थप जानकारी: थप जानकारीका लागि आधारभूत अस्पताल, पटेर्वा सुगौली–४, पर्सामा सम्पर्क गर्न सकिनेछ।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.