कन्सल्टेन्ट MDGP; एनेस्थेसिया सहायक
Newspaper-Hospital
Applications are completed on the original website.
Apply on official siteJob overview
कोशी प्रदेश सरकारस्वास्थ्य मन्त्रालयस्वास्थ्य निर्देशनालयजिल्ला अस्पताल, खोटाङप्रथमपटक प्रकाशन मिति : २०८३/०५/२६ गतेयस जिल्ला अस्पताल, खोटाङका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आ.व. २०८३/०८४ को असार मसान्तसम्मका लागि करार सेवामा लिन कर्मचारी पदपूर्ति समितिको मिति २०८३/०५/१५ गतेको निर्णय तथा अस्पताल व्यवस्थापन समितिको मिति २०८३/०५/२१ गतेको निर्णयानुसार देहायबमोजिमका पदहरूमा करार सेवाबाट पदपूर्ति गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ।सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले रीतपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगेको दरखास्तउपर कुनै कारबाही गरिने छैन।पदसम्बन्धी विवरण१. विज्ञापन नं. ०२/०८३/०८४पद : कन्सल्टेन्ट MDGPतह : नवौंमाग संख्या : १ (एक)आवश्यक शैक्षिक योग्यता : MD General Practitioner उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको।२. विज्ञापन नं. ०३/०८३/०८४पद : एनेस्थेसिया सहायकतह : पाँचौंमाग संख्या : १ (एक)आवश्यक शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट HA वा Staff Nurse उत्तीर्ण गरी सम्बन्धित विषयमा तालिम प्राप्त तथा सम्बन्धित काउन्सिलमा दर्ता भएको।उमेर हद:सहायकस्तर पाँचौं तहका लागि १८ वर्ष पूरा भई दरखास्त दिने अन्तिम मितिसम्म ४५ वर्ष ननाघेको हुनुपर्नेछ।अधिकृतस्तर नवौं तहका लागि २१ वर्ष पूरा भई दरखास्त दिने अन्तिम मितिसम्म ४५ वर्ष ननाघेको हुनुपर्नेछ।दरखास्त फाराम पाउने तथा बुझाउने स्थान: जिल्ला अस्पताल, खोटाङको प्रशासन शाखाबाट दरखास्त फाराम प्राप्त गरी रीतपूर्वक भरी सोही प्रशासन शाखामा पेश गर्नुपर्नेछपरीक्षा दस्तुर: नवौं तहका लागि रु. १,२००/- (अक्षरेपी : बाह्र सय रुपैयाँ मात्र) र पाँचौं तहका लागि रु. ६००/- (अक्षरेपी : छ सय रुपैयाँ मात्र) परीक्षा दस्तुर लाग्नेछ।उक्त रकम जिल्ला अस्पताल, खोटाङको कार्यालय कोड ३७००२०८०११, राजस्व शीर्षक नं. १४२२९, राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरी सोको सक्कल भौचर दरखास्तसाथ पेश गर्नुपर्नेछ।परीक्षाको किसिम: छोटो सूची (Short Listing) प्रकाशन तथा अन्तर्वार्ता।परीक्षा सम्बन्धी सूचना: मिति २०८३/०६/०९ गते पछाडि प्राप्त आवेदनहरूमध्ये स्वीकृत भएका आवेदकहरूको सूची प्रकाशन गरिनेछ। साथै, परीक्षाको मिति तथा समय सम्बन्धी जानकारी यस जिल्ला अस्पताल, खोटाङबाट प्रकाशित गरिनेछ।दरखास्त दिने अन्तिम मिति: २०८३/०६/०९ गते शुक्रबार, साँझ ५:०० बजेसम्म।सेवासुविधा: नेपाल सरकार तथा अस्पताल व्यवस्थापन समितिको निर्णयानुसार हुनेछ।पदपूर्तिसम्बन्धी व्यवस्था: यस विज्ञापनमा पदपूर्तिसम्बन्धी उल्लेख नभएका अन्य कुराहरू प्रचलित कानुनबमोजिम लागू हुनेछन्।पेश गर्नुपर्ने कागजातहरू:दरखास्तसाथ देहायका कागजातहरूको प्रतिलिपि स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ :एस.एल.सी./एस.ई.ई.देखि न्यूनतम शैक्षिक योग्यतासम्मका प्रमाणपत्र तथा लब्धाङ्कपत्रहरू।आवश्यक तालिम तथा अनुभवका प्रमाणपत्रहरू।सम्बन्धित काउन्सिलको दर्ता तथा नवीकरण प्रमाणपत्र।समकक्षता प्रमाणपत्र (लागू हुनेको हकमा)।नेपाली नागरिकताको प्रमाणपत्र।चारित्रिक प्रमाणपत्र।अन्य आवश्यक कागजातहरू।कामको विवरण: सम्बन्धित सेवा, समूह तथा पदअनुसार तोकिएबमोजिमको काम गर्नुपर्नेछ।अन्य:भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको हुनुपर्नेछ।प्रचलित कानुनबमोजिम सरकारी सेवाका लागि अयोग्य नभएको हुनुपर्नेछ।यस सूचनामा उल्लेख नभएका अन्य कुराहरूको हकमा प्रचलित कानुनबमोजिम हुनेछ।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.