गाईनोकोलोजिष्ट; मेडिकल अधिकृत; . स्टाफ नर्स; एनेस्थेसिया सहायक ; फार्मेसी सहायक; फिजियोथेरापी सहायक; ल्याब टेक्निसियन;. सहायक कम्प्युटर अपरेटर
Newspaper-Hospital
Applications are completed on the original website.
Apply on official siteJob overview
बर्दिबास नगरपालिकाबर्दिबास अस्पतालबर्दिबास, महोत्तरीमधेश प्रदेश, नेपाल(सूचना प्रकाशित मिति: २०८३/०६/०१)बर्दिबास अस्पतालका विभिन्न विभाग/शाखा/इकाईमा रहने गरी देहायबमोजिमका पदमा आवश्यक संख्यामा प्राविधिक कर्मचारीहरू करार सेवामा राख्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र, कार्यालय समयभित्र दिनको २:०० बजेसम्म राजस्व तिरेको रसिदसहित दरखास्त पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। दरखास्त फाराम, कार्य विवरण तथा सेवाका शर्तहरू सम्बन्धी विस्तृत विवरण अस्पतालको प्रशासन शाखाबाट उपलब्ध हुनेछ।आवश्यक पद तथा न्यूनतम शैक्षिक योग्यता:१. गाईनोकोलोजिष्ट – अधिकृत नवौँ तह – १ जना मान्यता प्राप्त विश्वविद्यालयबाट MD/MS उत्तीर्ण गरेको हुनुपर्नेछ।२. मेडिकल अधिकृत – अधिकृत आठौँ तह – २ जना मान्यता प्राप्त विश्वविद्यालयबाट MBBS उत्तीर्ण गरेको हुनुपर्नेछ।३. स्टाफ नर्स – सहायक पाँचौँ तह – ४ जना मान्यता प्राप्त शैक्षिक संस्थाबाट Diploma in Nursing वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।४. एनेस्थेसिया सहायक – सहायक पाँचौँ तह – १ जना मान्यता प्राप्त शैक्षिक संस्थाबाट Diploma in General Medicine वा Diploma in Nursing उत्तीर्ण गरी Anesthesia Assistant को तालिम प्राप्त गरेको हुनुपर्नेछ।५. फार्मेसी सहायक – सहायक पाँचौँ तह – १ जना मान्यता प्राप्त शैक्षिक संस्थाबाट Diploma in Pharmacy वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।६. फिजियोथेरापी सहायक – सहायक पाँचौँ तह – १ जनामान्यता प्राप्त शैक्षिक संस्थाबाट Diploma in Physiotherapy वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।७. ल्याब टेक्निसियन – सहायक पाँचौँ तह – १ जनामान्यता प्राप्त शैक्षिक संस्थाबाट Diploma in Laboratory Technology वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।८. सहायक कम्प्युटर अपरेटर – सहायक चौथो तह – २ जनाकम्प्युटर विषय लिई कक्षा १२ उत्तीर्ण गरेको वा जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरी कम्तीमा ६ महिनाको कम्प्युटरसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ।उम्मेदवार हुने योग्यता:उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ।गाईनोकोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि २१ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।स्टाफ नर्स, एनेस्थेसिया सहायक, फार्मेसी सहायक, फिजियोथेरापी सहायक र ल्याब टेक्निसियन पदका लागि १८ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।सहायक कम्प्युटर अपरेटर पदका लागि १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।अस्पतालमा कार्यरत कर्मचारीको हकमा उमेरको हद लागू हुने छैन।सम्बन्धित काउन्सिल/परिषद्मा दर्ता भएको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। सहायक कम्प्युटर अपरेटर पदका लागि कम्प्युटर विषय लिई कक्षा १२ उत्तीर्ण गरेको प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी कम्तीमा ६ महिनाको कम्प्युटरसम्बन्धी तालिम प्राप्त गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ।प्रचलित नेपाल कानूनबमोजिम अन्य कुनै कारणबाट अयोग्य नभएको हुनुपर्नेछ।दरखास्त दस्तुर:अधिकृत नवौँ तह: रु. १,०००।–अधिकृत आठौँ तह: रु. ७००।–सहायक पाँचौँ तह: रु. ५००।–सहायक चौथो तह: रु. ४००।–उल्लिखित दस्तुर तिरी बर्दिबास अस्पतालको प्रशासन शाखाबाट दरखास्त फाराम लिन सकिनेछ।दरखास्तसाथ संलग्न गर्नुपर्ने कागजातहरू:दरखास्तसाथ निम्न कागजातहरूको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ:उम्मेदवारको व्यक्तिगत विवरण (बायोडाटा)।शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि।नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।अनुभवको प्रमाणित प्रतिलिपि।प्रचलित नेपाल कानूनबमोजिम सम्बन्धित काउन्सिल, परिषद् वा अन्य निकायमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि।सहायक कम्प्युटर अपरेटर पदका लागि आवश्यक कम्प्युटरसम्बन्धी तालिमको प्रमाणपत्र।पेश गरिने सबै प्रमाणपत्र तथा कागजातका प्रतिलिपिको पछाडिपट्टि उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्नेछ।छनौट विधि: उम्मेदवारहरूको छनौट लिखित परीक्षा, शैक्षिक योग्यता, कार्य अनुभव, स्थानीय बासिन्दा भएबापत प्राप्त हुने अंक तथा अन्तर्वार्ताका आधारमा गरिनेछ।सेवा सुविधा तथा पारिश्रमिक: सेवा सुविधा तथा पारिश्रमिक अस्पतालको प्रचलित नियमअनुसार उपलब्ध गराइनेछ।परीक्षा सम्बन्धी सूचना: लिखित परीक्षा तथा अन्तर्वार्ताको मिति, समय र स्थान सम्बन्धी सूचना पछि प्रकाशित गरिनेछ।नोट: तोकिएको म्यादभित्र आवश्यक कागजातसहित दरखास्त पेश नगरेमा वा तोकिएको योग्यता नपुगेमा दरखास्त स्वतः रद्द हुनेछ।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.